छिमेकीको हत्या आरोपमा तेजबहादुर पक्राउ
बैतडी | मंसिर २७, २०८०
बैतडी: जिल्ला प्रहरी कार्यालय बैतडीले छिमेकीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्नया गाउँपालिका–३ बिजुलका २९ वर्षीय तेज बहादुर चन्द रहेका छन् ।
प्रहरीका अनुसार उनले हिजो (मंगलबार) दिउँसो सोही ठाउँकै ५६ वर्षीया हरिना बिष्टलाई फलामको रडले टाउकोमा प्रहार गरेका थिए ।
त्यसपछि बिष्टको घटनास्थलमानै मृत्यु भएको थियो ।
उक्त सूचना प्रहरीलाई पुगेपछि जिल्ला प्रहरी कार्यालय बैतडी, ईलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी पोष्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले चन्दलाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

